बराहक्षेत्रमा राप्रपा पार्टी प्रबेशको लहर बढ्दै


२० भदौ । शनिबार राप्रपा बराहक्षेत्र नगर कमिटीले गरेको एक औपचारिक कार्यक्रम बीच ५ दर्जन भन्दा बढी एमाले काङ्ग्रेसका कार्यकर्ताहरु प्रवेश गरेका छन् । राष्ट्रवादी पार्टीको रुपमा आफूलाई बैकल्पिक शक्तिमा उभ्याउदै आएको राजाबादी पार्टीमा जनताहरुको भरोसा बढ्दै गएको छ।

बाल आक्ष्रम सन्चालक सामाजिक अभियन्ता ओम बानियाँ सहित बराहक्षेत्र नगर कमिटीका वडा नम्बर ३,४,५ र ७ का गरेर करिब ६० जनाले स्वतस्फूर्त प्रबेश गरेका छन् । कार्यक्रममा पार्टी प्रबेश गरेका सामाजिक अभियन्ता बानियाँले आफू कुनै स्वार्थमा नपरी राप्रपाले अघि सारेको एजेन्डाहरु देशको हीतको लागि रहेको भन्दै प्रबेश गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी केन्द्रिय सदस्य इनु अधिकारिले देशको समृद्धिको लागि सबैले राप्रपालाई साथ दिनु पर्ने बताइन् । बैकल्पिक शक्तिको रुपमा अगाडि बढेको राप्रपाले मात्रै देशको राष्ट्रियता स्वाधीनताको रक्षा गर्न सक्ने भएको हुँदा सबैलाइ राप्रपामा आउन आह्वान समेत गरेकी थिइन् ।

पार्टी प्रवेश गर्नेहरुमा सामाजिक अगुवा चन्द्रबहादुर कार्कि, सामाजिक अभियान्ता एवम् बाल आश्रम सन्चालक ओमप्रकास बानियाँ, स्थानीय अगुवा मनिल एस।आर। राई, सुशील सहनी, राजु परियार, चन्द्रकला बस्नेत,सिरु मुसहर, हिमा माझी, फुलमाया गिरि, सिरु ऋषिदेव, सुरज परियार, जीवन सरदार, सन्दिप कार्की, कमलावति उराव, गोपाल कार्कि, प्रवेश गुरागाई, राज गौतम, बिष्णुमाया कटवाल, अम्बिका खड्का, होम वहादुर भुजेल, ममता चौधरी, सुनिता चौधरी, श्रृजना तामाङ, सर्मिला वस्नेत,गोविन्द परियार, तुलसा कटवाल, मन्जे सरदार, श्याम परियार, चन्द्रमाया श्रेष्ठ लगायत ६३ जना रहेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी वराहक्षेत्र नगर समिति अध्यक्ष अर्जुन भट्टराईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य ईनु अधिकारी प्रमुख अतिथ्यता रहेको कार्यक्रमको सन्चालन सुनसरी जिल्ला प्रवक्ता किरण चौलागाईले गरेका थिए । कार्यक्रममा नगर कोषाध्यक्ष लक्ष्मि रेग्मी, सचिव दिपक कटवाल, सदस्य , कुमारी वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै सभाध्यक्ष भट्टराईले बराहक्षेत्रमा राप्रपालाई पहिलो शक्तिको रुपा उभ्याएर छोड्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको