भ्रष्टाचार तर्फ उन्मुख भएको हूदा निर्वाचन प्रणालीमा सुधार हुनुपर्छ : अध्यक्ष थापा


२० भदौ, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको खर्चिलो निर्वाचन प्रणालीले राजनितिलाई भ्रष्टाचार तर्फ उन्मुख भएको हूदा निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धाराणा राखेका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ख पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए । उनले धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्ने धारणा समेत राखे।

करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको