१९ भदौ। सिराहाको मिर्चैया नगरपालिकाको मेयर श्रवण यादव र वडा अध्यक्ष दिनेश यादवका करतुतका कारण कुथनमा जिवा नदी छेउमा भएका जग्गा कटान भएको छ। कटान हुदा पनि निर्वाचित नगर प्रमुख श्रवण यादवलाई भने कूनै चासो नभएको स्थानीयको आरोप छ।
नदी किनारमा बसोवास गर्दै आइरहेका मानिसहरुका घर जग्गा कटान पर्न थाले पछि स्थानीय दुखी भएको छ । उनीहरू निकै समय देखि जिवा नदीको पुर्वपट्टीका भागमा बसोवास गर्दै आइरहेका छन।बाढी पहिरोका समयमा साह्रै अप्ठ्यारो र रातभर जाग्राम बसिरहेको अवस्था छ। तर पालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई पटकपटक निवेदन दिए पनि कुनै सुनवाइ केही देखिएनन् ।
बाढी पहिरोले विशेषतस् पुर्वपट्टीका घरधुरी रामएकवाल , मेधनाथ पासवान एकदमै समस्यामा देखिन्छ । उनका छोरा बाढीले हदैसम्म क्षति गरेको उपेन्द्रले बताए ।
स्थानीयले गाउँमा पञ्चायत व्यवस्था हुदा देखि नै बाटोका लागि र नदी तटबन्ध व्यवस्था गरिदिन अनुरोध गरिदै आइरहेका छन। स्थानीय सरकार हुँदा पनि उनीहरूको सडक निर्माण र नदीमा तटबन्धको कुनै आस नरहेको स्थानीयहरुको भनाइ छ।
गत वर्षको साउन १७ गते अजित पासवानले पनि बाटोका लागि नगरपालिका प्रमुख श्रवण यादवलाई भेटेर पत्रचार गरेका थिए। तर पनि परिणाम स्वरुप केही चासो देखिएनन् ।
त्यसैगरी नगर प्रमुख यादवले जनतालाई दिइएको होमपाइप विना जथाभावी बाटो काटेर लगाएकोमा जनमत पार्टीले यस अघि आरोप समेत लगाएको देखिन्छ । वडा न। ५ दरवार टोलका वडा अध्यक्ष जनताको अधात हुने गरि काम गरिएको देखिन्छ ।
यतिमात्र होइन्न , गत सप्ताह मिर्चैया बजारमा नै पानी पसेको अवस्था देखिएको थियोे । यसको पुर्ण जिम्मेवारी नगरपालिका प्रमुख श्रवण यादवले लिनुपर्छ भन्ने स्थानीयको भनाई रहेका छन।









