कपिलवस्तुको प्राचीन संग्रहवा क्षेत्रको अध्ययन गर्न ज्ञवालीको संयोजकत्वमा उप समिति गठन


१८ भदौ, कपिलवस्तु । ऐतिहासिक तथा पुरातित्वक स्थान सगरहवा अतिक्रमण सम्बन्धमा अध्ययन गर्न लुम्बिनी विकास कोषले उप समिति गठन गरेको छ । नेपाल सरकार एवम् लुम्बिनी विकास कोषको नाममा रहेका जग्गाहरु विगत वर्षदेखि नै अतिक्रमण गरी बसोवास गरी रहेको र उक्त क्षेत्रमा रहेका प्राचीन पुरातात्विक सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले उप समिति गठन गरिएको हो ।

प्राचीन संग्रहवा क्षेत्रमा अतिक्रमण गरी बसोवास गरेका नागरिकहरुलाई स्थानान्तरण गर्न उक्त क्षेत्रमा के कति संख्यामा परिवार, कस्ता प्रकारका घरहरु निर्माण भएका छन्, कोषले उक्त जमिन फिर्ता लिन के कस्ता कानुनी आधारहरु अपनाउनु पर्दछ, नागरिकहरुलाई त्यहाँबाट स्थानात्तरण गर्दा कोषले के कति आर्थिक दायित्व व्यहोर्नु पर्दछ लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारिने छ ।

कोषले गठन गरेको ज्ञवाली संयोजक रहेको ७ सदस्यीय उपसमितिमा ज्ञानिन राई प्रशासकीय अधिकृत लुम्बिनी विकाष कोष, हिमाल कुमार उप्रेती, माधव आचार्य कृष्ण विक चन्द्र प्रकाश पाठक रहेका छन् ।

लुम्बिनी विकाष कोषका कार्यकारिणी सदस्य एवम् उप–समिति संयोजक ज्ञवालले आफूले पाएको जिम्मेबारी गहनतापूर्वक तयार पारी सत्य तथ्य प्रतिवेदन कोषलाई १ महिनाभित्र बुझाउने बताए । ज्ञवाली लामो समयदेखि लुम्बिनी विकाष कोषमा विभिन्न समितिमा रही महत्वपूर्ण काईहरु गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको