बाबु प्रेम यदुवंशी
१८ भदौ, महोत्तरी । पोखरीमा नुहाउने क्रममा बेपता भएका पुरुषको शब फेला परेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ जनता मा.वि सुन्दरपुरको पोखरीमा बेपता भएको ५० वर्षीय उपेन्द्र बैठाको शब शुक्रबार बिहान फेला परेको हो ।
उपेन्द्र आफ्न्तको मलामीबाट आउने बेला पोखरीमा नुहाउने क्रममा बेपत्ता भएको थियो ।
उनको शबलाई मुचुल्का गरी पोस्टमार्टमको लागी जलेश्वर अस्पतालमा लाने तयारी भैरहेको महोत्तरी प्रहरीले जनाएको छ ।









