महोत्तरी । महोत्तरी को बर्दिबासमा एक किराना पसलमा आगलागी हुँदा करिब एक लाख बराबरको क्षति भएको छ ।
बर्दिबास नगरपालिका –१२ बिजलपुर स्थित चल्की टोलमा स्थानीय सम्सुर राईनको किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान ८ः ३० बजेको समयमा पसलमा अचानक विद्युतको तार सर्ट भई आगलगि पसलमा भएको हो ।
पसलमा भएको फ्रिज,चाउचाउ,बिस्कुट समानहरु करिब एक लाख बराबरको जलि नष्ट भएको पसल सञ्चालक राईनले बताए ।
आगलागीबाट कुनै प्रकारको मानबिय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जनाएको छ ।









