१७ भदौ काठमाडौँ । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
यो सँगै भारत १(० गोल अन्तरले पछि परेको छ ।
भारतीय गोलकिपरलाई झुक्याउँदै उनले खेलको ३६ औं मिनेटमा गोल गरे ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ।









