काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट


१७ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका सांसदसमेत रहेका नेता नरोत्तम बैद्यले रिट दायर गरेका हुन् ।

कोरोना महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको सर्वोच्चले जनाएको छ ।

वैद्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको