प्रदेश २ : १० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी


१७ भदो, जनकपुरधाम । प्रदेश नम्बर २ का नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएका हुन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको