१६ भदौ, काठमाडौँ । रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ।
यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले संञ्चारकर्मीसँग भदौ ३० देखि कक्षा १२ को परीक्षा तय भएको जानकारी दिए।
‘रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि गर्ने निर्णय गरेका छौँ,’ उनले भने।









