जुगेश दास
१६ भदौ, सुनसरी । ट्याकटर दुर्घटना हूदा सुनसरीको बर्जु गाउपालिका ५ मा १७ जना घाइते भएका छन्।
श्रीकृष्ण जन्म अष्टमी पुजामा बिसर्जन गरि मुर्तिलाई बुढीखोलामा भसाएर फर्कने क्रममा बर्जु गाउँपलिका स्थित रहेको दुर्गा मन्दिर चौकमा ट्याक्टरको दुर्घटना भएको हो।
तीब्र गतिमा रहेको ट्याक्टर पुर्वबाट पश्चिम् तर्फ जादै गरेको एक्कासि उत्तर तर्फ मोड्ने क्रममा ट्याक्टरको पछाडिको टोली पल्टिएको हो ।
टोली पल्टिदा १७ जना घाइते भएका छन् भने त्यस मध्येका ८ जनाको अवस्था निकैनै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । हाल उनीहरुको उपचार बिराटनगरको बिभिन्न अस्पतालमा भई रहेको पारिवारिक श्रोतले जनाएको छ।
स्थानीय निरज चौधरीका अनुसार गाउँपालिकाको मुख्य चौकमा ट्राफिक प्रहरीको व्यवस्था छैन, ठुलाठुला गाडी मात्रै होईन सानो गाडी मोटरसाइकल, यात्रु गाडी समेत यहाँ तीब्र गतिको कारण दुर्घटना हुदै आएको देखिन्छ भने अझै ट्राफिक प्रहरीको व्यवस्था हुन् सकेको छैन।
त्यसैगरी स्थानीय युवा सुजित चौधरीले हिपमत मिडिया दिदै जबसम्म उक्त चोकमा ट्राफिक प्रहरीको व्यवस्था मिलाउदैन भने तबसम्म यहाँ दुर्घटना हुँदै रहन्छ। उनीहरुले भने, सडक विभागमा सुरक्षाको निम्ति ट्राफिक प्रहरीको महत्त्वपूर्ण योगदान रहेकोले, दुर्घटनाको न्यूनीकरणका लागि बेलाबेलामा विभिन्न जनचेतना कार्यक्रमहरु गरेकोले चालकहरुले विभिन्न सिकहरु सिक्न सकिन्छ र दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने विश्वास व्यक्त गरेका थिए।



















