१६ भदौ, महोत्तरी । प्रदेश र संघीय तहमा राष्ट्रिय युवा परिषदले नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।
सात ओटै प्रदेश संजाल टुङ्गो लगाइसके पछि सोमबार बसेको अभिषेक तिवरीको अध्यक्षतामा संघीय संजाल पनि टुङ्गो लगाएको छ । नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहत रहेको परिषदले सबै प्रदेशका प्रदेश इन्चार्ज पनि चयन गर्दै प्रदेश न. २ बाट महोत्तरीकी पुजा साह चयन हुनु भएको छ ।
नवगठित इन्चार्ज साह परिसदको उद्देश्यबमोजिम प्रदेशका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागीता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्न र युवा परिचालनमा विशेष सहजिकरण गर्न आफू प्रतिबद्द रहेकी जान्कारी दिनु भयो ।
राष्ट्रिय युवा परिष्द ऐन २०७२ अनुसार प्रदेश इन्चार्जको कार्यकाल २ वर्षको हुने ब्यब्स्था छ। संघीय युवा संजालका सदस्य तथा पुर्व प्रदेश इन्चार्ज रक्की प्रसाद साहले आफ्नो कार्यकाल उपलब्धी मुलक रहेको र अझै पनि संजाललाई साथ र सहयोग रहिरहने प्रतिबद्द्ता साथ नवनिर्वाचित इन्चार्ज साहलाई बधाइ तथा सफल कार्यकालको सुभकामना पनि दिनुभएको छ।



















