१६ भदौ, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट गरेका छन् ।
हालै भारतको नयाँदिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी स्वदेश फर्केका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड बुधबार उनकै डल्लुस्थित निवास पुगेका हुन् ।
प्रचण्डले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिदै पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।









