१३ भदौ । स्पेनिस ला लिगा फुटबलमा आज राति ४ वटा खेल हुँदै छन् ।
नेपाली समय अनुसार राति पौने ९ बजे बार्सिलोना र गेटाफे आमने सामने हुने छन् ।बार्सिलोनाबाट हालै लियोनल मेस्सी पीएसजी गएपछि पछिल्लो खेलमा बराबरीमा रोकिएको थियो ।
पछिल्लो खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबसँग एक एक गोलको बराबरी खेलेको थियो ।जारी सिजनको दुई खेलमा पराजय नभोगेको बार्सिलोना आज पनि स्पष्ट तीन अंकको खोजिमा हुने छ ।
जारी लिगमा बार्सिलोना चार अंकसहित ताकिालको आठौं स्थानमा रहेको छ ।यसैगरी आजै राति सवा ११ बजे कार्डिज र ओसासुना तथा रायो भाल्कानो र ओसासुना आमने सामने हुने छन् ।
यसैगरी एथ्लेटिको मड्रिड र भिल्ला रियलको खेल राति पौने २ बजे शुरुहुने छ ।ला लिगामा रियल मड्रिड, सेभिया, भ्यालेन्सिया र मालोर्का समान सात अंक जोड पनि क्रमश पहिलोदेखि चौथो स्थानमा रहेका छन् ।
स्पेनिस ला लिगा डिस होमको एक्सन स्पोर्टस ज्म्द्द च्यानलबाट मात्र हेर्न सकिन्छ ।



















