बूवा र श्रीमती हत्या गर्ने यूवा पक्राउ : एउटै खाल्डोमा ससुरा बुहारीको शब


९ भदौ, धनुषा । धनुषामा जन्म दिने बूवा र आफ्नै श्रीमतीलाई घाटीमा डोरीले कसेर एक यूवाले हत्या गरेका छन् ।

मंगलवार घर छेउकै आप घारीमा गाडेको अबस्थामा शब फेला परेको छ । मिथिला बिहारी–५ ललियाका ३५ वर्षीय भागेश्वर मण्डलले ३० वर्षीया श्रीमती अमृता कुमारी मण्डल र ५५ वर्षीय वुबा रामवृक्ष मण्डललाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

भागेश्वर मण्डलले हत्या गरीसकेपछी छिमेकी रामनाथ मण्डलको आप बगैचामा तिन फिट गहिरो खाल्डो खनी शब गाडेको खूलासा अभियूक्तले नै गरेको हो, बस्नेतले भने ।

सोमबार मध्यराती घरायसी विवादमा फरुवा र लाठीले कुटपिट गरी युवकले श्रीमती र बुवाको डोरीले घाँटी कसेर हत्या गरेको बस्नेतले बताए । शब एउटै खाल्डोमा बुहारी र ससुराको गाडेको अवस्थामा फेला परेको थियो । श्रीमती र बुवाको हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिएको उनले जनाए । ‘कुटपिटपछि घाइते श्रीमती र बुवालाई डोरीले घाटी कसेर हत्या गरिएको छ ।

भागेश्वरको घरमा बच्चाहरु घेरै समयदेखी चिच्याई रहेको सूनेपछी स्थानियहरु घरमा पुग्दा हत्या भएको घटना सार्वजनिक भएको थियो । हत्या बारे स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगतै घरमा पुगेका प्रहरीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा श्रीमती र वुबालाई हत्या गरेर गाडेको भागेश्वरले स्वीकारेको डीएसपी बस्नेतले बताए ।

हत्या गर्न प्रयोग भएको घटनास्थल नजिकैबाट डोरी र खाल्डो खन्न प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ । गाडेको शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको घटना जानकारी पाउना साथ घटनास्थलमा प्रहरी चौकी ललिया, इलाका प्रहरी कार्यालय धनुषाधाम र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली पुगेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

श्रीमती र बुवालाई हत्या गरेका मण्डल एक वर्ष अघि वैदेशिक रोजगारबाट फर्केका थिए । वैदेशिक रोजगारबाट फर्केपछि श्रीमान श्रीमती बीच पटक पटक विबाद भएको स्थानिय बताउँछन । उनको २ छोराछोरी छन् । पटक÷पटक विदेश गएका मण्डल कयौं वर्ष उतै बिताए ।घरमा रहेकी पत्नी र पिताबीच अबैध सम्बन्ध रहेको आशंका मण्डललाई भएको हुन सक्ने स्थानीयहरुको कथन छ ।

गत फागनुमा विदेश गएका मण्डल चैत महिनामै फर्केका थिए ।त्यसपछि परिवारमा कलह सुरु भएको थियो । पितासित समेत सम्बन्ध राम्रो नरहेको मण्डलको पत्नीसितपनि नियमित झगडा हुने गरेको स्थानीयहरुको कथन छ । विदेशमा रहेको बेला पिता र पत्नीबीच अबैध सम्बन्ध स्थापित भएको मण्डलको आशंका बढदै गएर हत्याको परिणाम सम्म पुगेको हुन सक्ने स्थानीय बासिन्दाहरुको अनुमान छ ।

रोजगारीको क्रममा विदेशिएका परिवारमा विकृतीहरु देखिएको र त्यसकारण अकल्पनिय घटनाहरु हुने गरेका छन् । वैदेशिक रोजगारीले जिवनस्तरमा सुधार भएसँगै बिकृतीहरुपनि धेरै बढेको जिल्ला प्रहरी कार्यालयको महिला सेलमा पर्ने उजुरीहरुबाट देखिन्छ ।

नेपालमा धनुषा , सिरहा, महोत्तरी जिल्लाबाट भारी संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजागरीको कारण समाजमा हाडनाता करणी लगायत कयौं अपराधिक कृयाकलाप बढेको बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको