नापी कार्यालय बर्दिबासका नापी सर्वेक्षक १ लाख रुपैयाँ घुससहित पक्राउ


महोत्तरी। नापी कार्यालय बर्दिबासका नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।


अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले मंगलबार सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी सर्वेक्षकलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्ने सर्वेक्षक सिरहा घर भएका र हाल नापी कार्यालय बर्दिबासमा कार्यरत रहेको बताइएको छ।

अख्तियारले पक्राउ परेका सर्वेक्षकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको