जेन–जी सहिद परिवारले रास्वपा सचेतक धितालको अभिव्यक्तिप्रति आपत्ति जनाए


काठमाडौं । जेन–जी सहिद परिवार तथा घाइते समुदायले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सचेतक क्रान्तिशिखा धितालले जेन–जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

जेन–जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै सहिद दिवसको कार्यक्रमलाई अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।

सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिँदै सचेतक धितालले सार्वजनिक रूपमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन्।

जेन–जी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई कुनै प्रकारको सहयोग वा साथ नदिएको व्यक्तिले उल्टै अपमान गर्ने अधिकार नरहेको बताए।

उनले जेन–जी सहिद प्रथम स्मृति दिवसलाई कन्सर्टका रूपमा मनोरञ्जनसँग जोडेर राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले जनता तथा पीडितहरूको भावनामाथि चोट पुर्‍याएको आरोप लगाए।

सांसद धितालको अभिव्यक्तिबारे रास्वपाले गम्भीर समीक्षा गरी संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।

सहिद परिवार तथा घाइते समुदायलाई चोट पुर्‍याउने अभिव्यक्तिविरुद्ध रास्वपाले आवश्यक कदम चाल्नुपर्ने र सहिद तथा घाइतेहरूको योगदानलाई दलीय स्वार्थभन्दा माथि राखी राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने उनीहरूले बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको