चितवन– चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। आगलागीबाट शरीर जलेका कारण मृतकको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान बा।प्र।०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।
मृतकको सनाखत तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










