वीरगन्जको होटलबाट १३२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ


वीरगन्ज। वीरगन्जको एक होटलमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो वीरगन्ज महानगरपालिका-१६, लिंकरोडस्थित होटल अमन प्यालेसमा छापा मारेको थियो।

छापाका क्रममा होटलको कोठा नम्बर २०५ मा बुक गरी बसेका भारतको बिहार राज्य, रक्सौल-१३ निवासी अन्दाजी ३५ वर्षीय विशाल कुशवाहालाई १३२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुशवाहाको साथबाट ब्राउन सुगरसँगै बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रङको मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँसमेत बरामद गरिएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको