हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकम असुल्ने आरोपमा एक पक्राउ


सर्लाही। अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई हिरासतबाट छुटाइदिने भन्दै रकम असुल गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेस चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरी र सोही ठाउँका राजेन्द्र राय मिलेर प्रहरी कर्मचारीलाई प्रभावित पारी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम लिएको अनुसन्धानबाट खुलेको हो।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रायको भने खोजतलास भइरहेको छ।

नेपाल प्रहरीले प्रदान गर्ने सबै प्रकारका सेवा निःशुल्क हुने भन्दै प्रहरीले सर्वसाधारणलाई यस्ता व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

प्रहरीका नाममा रकम माग्ने वा प्रहरी कर्मचारीलाई प्रभावित पारी हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकमको कारोबार गर्ने गतिविधिबारे जानकारी भएमा तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख वा सूचना अधिकारीलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको