बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु


बारा। बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर एक १८ वर्षीय युवकको मृत्यु भएको छ।

फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजे सोही स्थानका रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो। पूजाका लागि भजन बजाउन स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा दिउँसो १२ बजेर ३८ मिनेटमा ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी सहायक निरीक्षक कृष्णनन्दन ठाकुरको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको