घुस लिँदै गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ


लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।

आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।

लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेको र लिएको आरोप छ । पक्राउ परेका पालमाथि घुस रकम तथा घटनासम्बन्धी थप विवरण यकिन गर्न आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी पोखरेलले बताए ।

आयोगले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको