धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु


बारा। बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजेन्द्र महतोकी १८ महिने छोरी लालुकुमारी महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लालुकुमारी सुवर्ण गाउँपालिका-७ चौरहियास्थित आफ्नो मामाघर आएकी थिइन्। आइतबार साँझ घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा उनी फेला परेकी थिइन्।

घटनास्थलमै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको