सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन, आत्मदाह प्रयासपछि जलेको थियो ८५ प्रतिशत शरीर


काठमाडौं – सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा सोमबार बिहान निधन भएको छ।

गत शुक्रबार गम्भीर अवस्थामा हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा उपचार भइरहेको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा। किरण नकर्मीका अनुसार उनको सोमबार बिहान २स्०५ बजे निधन भएको हो।

अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। अत्यधिक जलेका कारण उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको चिकित्सकहरूले बताएका थिए।

प्राप्त जानकारीअनुसार विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनी घरबाट करिब २०० मिटर टाढा पुगेर आगो लगाएको बताइएको छ। घटनापछि स्थानीयवासीले उद्धार गरी प्रारम्भिक उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

यसअघि बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। उनको पनि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी शनिबार काठमाडौंको बुद्धनगरमा समेत आत्मदाहको अर्को घटना भएको थियो।

पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका घटनाहरू सार्वजनिक हुन थालेपछि यस विषयले गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी बहस सिर्जना गरेको छ। सम्बन्धित निकायहरूले घटनाका कारणबारे अनुसन्धान गरिरहेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको