उचित कारणबिना पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोक्का हुने


काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोलपम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिन, दोस्रो पटक ६ लाख रुपैयाँ जरिवाना र १० दिन तथा तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।

पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि देशभर इन्धन आपूर्तिमा असहज अवस्था सिर्जना भएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनमा बुधबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले विनियमावली संशोधन गरी ‘नोजल सुक्खा ९ड्राई० बनाई पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ व्यवस्था थप गरेको हो।

निगमका अनुसार अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गरेको पाइए संशोधित कानुनी व्यवस्थाअनुसार कारबाही गरिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको