वामपन्थी एकता आजको आवश्यकता मात्र होइन, अपरिहार्यता हो : झलनाथ खनाल


काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य बनेको बताएका छन्।

राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वाम एकताका लागि बाध्यात्मक परिस्थिति सिर्जना भइसकेको बताए।

खनालले वामपन्थी एकता आजको आवश्यकता मात्र नभई इतिहासदेखि नै अपरिहार्य रहेको उल्लेख गर्दै विगतका कमजोरीका कारण एकता कायम हुन नसकेको स्वीकार गरे। उनले बीचको समयमा नेताहरूमा ूकहिले सिङ त कहिले जुरो पलाएकाू कारण एकतामा अवरोध सिर्जना भएको टिप्पणी गरे।

उनले आजकै दिनलाई वाम एकताको नयाँ प्रस्थानविन्दु बनाउन आग्रह गर्दै दीर्घकालीन एकताका लागि सबै वामपन्थी शक्तिहरूलाई साझा उद्देश्यका साथ अघि बढ्न आह्वान गरे।

देशमाथि वैदेशिक साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढिरहेको दाबी गर्दै खनालले त्यस्ता प्रवृत्तिविरुद्ध प्रभावकारी ढंगले संघर्ष गर्न पनि कम्युनिस्ट शक्तिहरूबीचको एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको