महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई जना घाइते


महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिका-३, खखनामा डाँका चोरीको घटनामा गोली प्रहार हुँदा दुई जना घाइते भएका छन्।

मंगलबार राति राम विश्वास आदबको घरमा डाँका चोरी भएको प्रहरीले जनाएको छ। डाँका समूहले चोरीका क्रममा गोली प्रहार गर्दा घरधनीका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले बुधबार बिहान जानकारी पाएको थियो। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको