दमकमा बोराभित्र महिलाको शव फेला, अनुसन्धान सुरु


झापा। झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका-१० स्थित सेतुमारी पुलमुनि शुक्रबार बिहान करिब साढे १० बजे शव फेला परेको हो।

प्रहरीका अनुसार महिलाको शरीर बोराभित्र रहेको तथा कपाल र हात बाहिर निस्किएको अवस्थामा शव भेटिएको थियो। शव केही दिनअघि नै फालिएको हुनसक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले शव गन्हाएको अवस्थामा फेला परेको र मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर समूहकी महिला जस्तो देखिए पनि हालसम्म पहिचान खुल्न नसकेको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली घटनास्थलमा खटाइएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र अनुसन्धानपछि मात्रै मृत्युको कारण तथा हत्या भएको हो वा होइन भन्ने विषय स्पष्ट हुने प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको