मधेश सरकार विस्तार, ६ मन्त्री नियुक्त


जनकपुरधाम। मधेश प्रदेश सरकार मा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव को सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा युवराज भट्टराई अर्थमन्त्री, मोहम्मद समिर भौतिक पूर्वाधार विकासमन्त्री, शारदादेवी थापा श्रम तथा यातायातमन्त्री, लखनदास युवा तथा समाज कल्याणमन्त्री र मनोज सिंह शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएका छन्।

यस्तै नगेन्द्र शाह कांग्रेसको तर्फबाट स्वास्थ्य मन्त्री नियुक्त भएका छन्। यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका जंगीलाल राय लाई पदमुक्त गरिएको छ।

नवनियुक्त मन्त्रीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको