महोत्तरी। बर्दिबास-३ स्थित जनता साहित्यिक मञ्च गौरीडाँडा को २६औँ नियमित साहित्यिक शृङ्खला सोमबार सम्पन्न भएको छ।
मञ्चकी अध्यक्ष रोजिना घिमिरे को अध्यक्षतामा सम्पन्न कार्यक्रम मञ्चको तल्लो सदनले आयोजना गरेको हो। कार्यक्रम जनता माध्यमिक विद्यालय गौरीडाँडामा सम्पन्न भएको थियो।
कार्यक्रमको सञ्चालन जुरेकी सचिव तथा मञ्चकी सदस्य जेनिशा लामा ले गरेकी थिइन् भने मञ्चकी उपाध्यक्ष समीक्षा भण्डारी ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
यसैगरी विद्यालयमा क्रियाशील बाल क्लबकी अध्यक्ष प्रतिष्ठा पौडेल र जुरेस अध्यक्ष प्रमेश महतो ले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा कविता तथा गीत वाचन गरिएको थियो। सन्ध्या रोका, स्मृति भण्डारी, आरती काफ्ले, कामिनी कुमारी यादव, प्रियतम यादव, सौजल शाही, स्नेहा भण्डारी, प्रिन्स सिंह, प्रभास भट्टराई, मधु सिंह, रितु साह, हिस्रिका सिंह, समृद्धि सिंह, अनुस्का यादव र अनिषा महतो लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै अतिथि शिक्षक रामचन्द्र पौडेल ले साहित्य समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर साहित्य सिर्जनामा लाग्न आग्रह गरे।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रोजिना घिमिरेले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग रहने विश्वास व्यक्त गरिन्।
















