नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक बनेका जुम्लाका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तह र स्नातक तहका नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।

आयोगले उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको उजुरी परेपछि अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधा लिएको पुष्टि भएको आयोगको दाबी छ।

अख्तियारले न्यौपानेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) अनुसार कसुर कायम गरी सोही ऐनबमोजिम सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको