‘न्युज हटाउ’ दबाबसँगै पत्रकारलाई धम्की, छानबिनको माग


काठमाडौं। बर्दिबास-१४ मा बसोबास गर्ने कम्प्युटर व्यवसायी कौशल महतोले पत्रकारमाथि दिएको धम्कीप्रति गम्भीर प्रश्न उठेको छ। बर्दिबास नगर पत्रकार सञ्जालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका सदस्य तथा जनमत प्रेस संघका केन्द्रीय सचिव ललन मण्डललाई लक्षित गर्दै उनले बारम्बार दबाब र धम्की दिँदै आएको आरोप छ।

घटनाअनुसार, सोमबार बिहान करिब १० बजेतिर एक अज्ञात नम्बरबाट फोन गरी हालै प्रकाशित सवारी दुर्घटनासम्बन्धी ‘ब्रेकिङ न्युज’ हटाउन आग्रह मात्र होइन, ज्यान मार्ने धम्कीसम्म दिइएको बताइएको छ। उक्त समाचार ‘एकतर्फी’ भएको भन्दै हटाउन दबाब दिइएको भए पनि, यसरी प्रत्यक्ष धम्की दिनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण मानिन्छ।

घटना भएको २४ घण्टा बितिसक्दा पनि पत्रकार ललन मण्डलको सुरक्षाबारे स्थानीय पत्रकार सञ्जाल मौन देखिनु झन् चिन्ताजनक विषय बनेको छ। पत्रकारमाथि खुलेआम धम्की आउँदा पनि सरोकारवाला निकाय र पेशागत संस्थाहरूको निष्क्रियता प्रश्नको घेरामा परेको छ।

यदि यस्तो घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा नल्याइने हो भने यसले पत्रकारितामाथि थप असुरक्षा पैदा गर्नेछ र दोषीलाई झन् हौसला मिल्नेछ। प्रेस स्वतन्त्रताको रक्षा गर्नु केवल पत्रकारको मात्र होइन, सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो।

यस घटनालाई गम्भीर रूपमा लिएर तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिन्छ। साथै, पत्रकारको सुरक्षाको प्रत्याभूति गरिनु आजको अपरिहार्य आवश्यकता हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको