सखुवनीमा नववर्ष विशेष कार्यक्रम, साहित्य र संस्कृतिको संगम


धनुषा, वैशाख १ – नववर्ष २०८३ को अवसर पारेर कमला साहित्य कला समाज धनुषा को आयोजनामा तथा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गोदार शाखाको प्रायोजनमा गणेशमान चारनाथ नगरपालिका–५ सखुवनीस्थित हरिहरेश्वर मन्दिर परिसरमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

साहित्य रचना वाचन, नृत्य, संगीत तथा शुभकामना आदान–प्रदानसहित आयोजित कार्यक्रममा विभिन्न साहित्य स्रष्टा, गुरुवर्ग, कलाकार, समाजसेवी तथा बुद्धिजीवीहरूलाई खादा ओढाई सम्मान गर्दै प्रशंसापत्र वितरण गरिएको थियो । सहभागीहरूलाई खाजा–नास्तासहित स्वागत गरिएको कार्यक्रममा गाउँलेहरूको सयौँको उपस्थिति रहेको थियो ।

कमला साहित्य कला समाजका अध्यक्ष गणेश तिमल्सिनाको अध्यक्षता तथा सन नेपाल लाइफ इन्सुरेन्स गोदार शाखाका प्रबन्धक धर्मबुर्जा मगरको प्रायोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजकी सदस्य लक्ष्मी काफ्लेले गरेकी थिइन् ।

कार्यक्रममा सिरहा, धनुषा र महोत्तरीका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो । विशेष रूपमा गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेमकुमार घिमिरे, जानकी साहित्य मञ्च महोत्तरीका अध्यक्ष मञ्जु भाषणी, सचिव सुरेन्द्र पोखरेल, विश्व साहित्य मञ्चका अध्यक्ष उद्धव अविचल, बुढौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दाहाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै कथा निर्देशक तथा फोटोग्राफर भरत खपाङ्गी, सरोजी यादव, प्रतीक नेपाल, कृष्णकुमार सहनी, गुणेन्द्रराज उपाध्याय, परमेश्वरलाल कर्ण, लुनिभा काल्दान, भोजराज कोइराला, जनार्दन बराल लगायत स्थानीय व्यक्तित्वहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा गजल, मुक्तक तथा कविता वाचनसँगै बीच–बीचमा प्रस्तुत नृत्यले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो । नववर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्दै सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

यसै अवसरमा प्रायोजक संस्था सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाको महत्वबारे जानकारी दिँदै जीवन बीमाले भविष्यका जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्ने सन्देशसमेत प्रवाह गरेको थियो । कार्यक्रममा सहभागीहरूलाई बीमाप्रति सचेत गराउने उद्देश्यले विभिन्न जानकारीमूलक सन्देशहरू पनि प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको