अक्सफोर्ड इंग्लिश एकेडेमीको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


कपिलवस्तु, कृष्णनगर – धर्मेन्द्र कुमार कुर्मी। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका-२ स्थित अक्सफोर्ड इंग्लिश एकेडेमीको प्रथम वार्षिकोत्सव कार्यक्रम शनिबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक अरशद खान तथा निर्देशक फजल मोहम्मद खानको नेतृत्व र शिक्षक-शिक्षिकाहरूको सक्रिय भूमिकामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

करिब १५ वर्षदेखि सञ्चालनमा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गर्दै स्थानीयस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताइएको छ। कार्यक्रममा विद्यार्थीहरूले नाटक, संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिँदै अभिभावक र उपस्थित अतिथिहरूको मन जितेका थिए।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यस्तै, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, पत्रकार तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको