वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राउ


काठमाडौं। वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले उनलाई १५ हजार रुपैयाँ घुससहित तथा स्रोत नखुलेको ७७ हजार ६०० रुपैयाँसहित बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपाने का अनुसार मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको छ।

उनको साथबाट तीन थान मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ। – रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको