बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा कार्की विजयी


बर्दिबास। बर्दिबास उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अध्यक्ष पदमा डमरु समूहका दिपक बहादुर कार्की ८२८ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कलश समूहका उत्तम कुमार श्रेष्ठ ले ५५७ मत प्राप्त गरेका छन्।

निर्वाचन परिणामले अधिकांश पदमा डमरु समूहको स्पष्ट वर्चस्व देखाएको छ।

प्रथम उपाध्यक्ष पदमा रंजित राज ढुंगाना (डमरु) ८४९ मतसहित विजयी भए भने नारायण कुमार घिमिरे (कलश) ले ५०४ मत प्राप्त गरे।

द्वितीय उपाध्यक्ष मा रामनाथ साह (डमरु) ७४३ मत ल्याएर विजयी हुँदा उमेश कुमार महतो (कलश) ले ६०१ मत पाए।

महिला उपाध्यक्ष मा ज्ञानु बलम्पाकी आले (डमरु) ७६९ मतसहित विजयी भइन् भने देव कुमारी पौडेल (कलश) ले ५५९ मत प्राप्त गरिन्।

महासचिव पदमा केदार गौतम (डमरु) ८१७ मतसहित विजयी भए भने शैलेश दाहाल (कलश) ले ५३६ मत प्राप्त गरे।

कोषाध्यक्ष मा सुरेन्द्र राज लामा (डमरु) ७२९ मतसहित विजयी हुँदा सुरज खड्का (कलश) ले ६२० मत पाए।

सचिव पदमा रिमनाथ अधिकारी (डमरु) ७०० मत ल्याएर विजयी भए भने यादव प्रसाद पोखरेल (कलश) ले ६३० मत प्राप्त गरे।

सह-कोषाध्यक्ष (महिला) मा संगम कुमारी आले (डमरु) ८२९ मतसहित विजयी हुँदा बिष्णु लामा (कलश) ले ४९० मत प्राप्त गरिन्।

सदस्य (महिला) चार पदमा डमरु समूहकै उम्मेदवारहरू विजयी भएका छन्। विजयी हुनेहरूमा तृष्णा श्रेष्ठ (७६९), रेणु कुमारी पाँचे (७५५), संगीता यादव (७४६) र सुनिता कुमारी साह (७३४) रहेका छन्।

त्यस्तै सदस्य (पुरुष) पाँच पदमा पनि डमरु समूहकै उम्मेदवारहरूको वर्चस्व देखिएको छ। विजयी हुनेहरूमा प्रज्जवल बस्नेत (७९६), वीर बहादुर पौडेल (७५३), राम एकवाल महतो (७४९), जुक बहादुर समाल (६९३) र नसिफ नदाफ (६८७) रहेका छन्।

यस परिणामसँगै बर्दिबास उद्योग वाणिज्य संघमा डमरु समूहको नेतृत्व स्थापित भएको छ। नयाँ नेतृत्वसँगै स्थानीय व्यवसाय प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको हकहित संरक्षणमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको