बर्दिबास उद्योग वाणिज्य संघको मतदान सम्पन्न, आज राति ८ बजेदेखि मतगणना हुने 


बर्दिबास। महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ। कुल १ हजार ६ सय २६ मतदाता रहेकोमा १ हजार ४ सय १६ जनाले मतदान गरेका छन्, जुन ८७.०८ प्रतिशत हो।

निर्वाचन आयोगका सदस्य रामकुमार कार्कीका अनुसार २ सय १० जना अर्थात् १२.०२ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएनन्। मतदान मंगलबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

यस निर्वाचनमा दीपक बहादुर कार्की र उत्तम कुमार श्रेष्ठ नेतृत्वका प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

प्रमुख निर्वाचन आयुक्त विष्णु कार्कीका अनुसार आज राति ८ बजेदेखि मतगणना सुरु गरिनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको