आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्री कार्कीको भनाइ


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की ले आगामी सरकारले भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभएको छ।

आज बिदाइ मन्तव्य दिँदै उहाँले आयोगले दिएका सिफारिस तथा सुझावका आधारमा आगामी सरकारले आवश्यक कदम चाल्ने उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले आफू सन्तुष्टि र आशासहित पदबाट बिदा हुँदै गरेको बताउँदै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने आयोग, सुरक्षा निकाय तथा सरकारी निकायका सबै अधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले निर्वाचन सम्पन्न भएसँगै नेपालले आफ्ना समस्या आफैँ समाधान गर्न सक्ने क्षमता रहेको प्रमाणित भएको धारणा राख्नुभयो।

त्यस्तै, कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने धारणा यसपटकको निर्वाचनले गलत सावित गरेको समेत उहाँले बताउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको