बर्दिबास, महोत्तरी। बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान को ७९औँ साहित्यिक शृङ्खला सम्पन्न भएको छ।
२०८२ साल चैत ७ गते सोमबार सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठ को अध्यक्षतामा आयोजना गरिएको हो।
प्रतिष्ठानका सचिव पवनकुमार वाग्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका कविता, गजल तथा मुक्तक वाचन गरिएको थियो। कार्यक्रममा प्रशंसा वाग्ले, राजेश भण्डारी, सिर्जना आचार्य, वैभवी हमाल, अम्बिसा हमला, नारद काफ्ले, भीम राउत, पवन वाग्ले, यशोदा श्रेष्ठ, लालबाबु पोखरेल, कमल सिलवाल, रामनाथ महतो, विपुल विद्रोही, निसु कुशवाह, डिल्ली श्रेष्ठ, नारायण घिमिरे लगायतले आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले वर्तमान समयमा साहित्यले समाजलाई सही मार्गदर्शन गर्दै शासकलाई खबरदारी गर्ने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष यशोदा श्रेष्ठले सहभागी अतिथि तथा सम्पूर्ण उपस्थितप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन्। साथै, कार्यक्रम सञ्चालनका लागि हल उपलब्ध गराएको बर्दिबास सिद्धार्थ पब्लिक स्कुल प्रति कृतज्ञता व्यक्त गरिएको थियो।



















