सिन्धुलीमा बस-स्कुटर ठक्कर, एक जनाको मृत्यु


सिन्धुली। कमलामाई नगरपालिका-४ हिरापानी नजिक बीपी राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलन्जर गाउँपालिका-३ निवासी ३४ वर्षीय चन्द्र श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज १० प ९२३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक श्रेष्ठलाई तत्काल जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने बसका चालक हरिहरपुरगढी गाउँपालिका-५ निवासी ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको