रामेछाप। निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी रामेछापमा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका-२ सिरुबारीबाट करिब १०० मिटर तल ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप भीरबाट खसेको हो।
दुर्घटनामा एक जना सुरक्षाकर्मीको मृत्यु भएको श्यामकृष्ण थापाले पुष्टि गरेका छन्। उनका अनुसार गाडीमा निर्वाचन सामग्रीसहित करिब १०/११ जना कर्मचारी तथा सुरक्षाकर्मी सवार थिए।
हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइते तथा क्षतिको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।









