जनकपुरमा बीबीसी डकुमेन्ट्री प्रसारण गर्दै गर्दा रास्वपा कार्यकर्ता पक्राउ


काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी BBCले तयार पारेको डकुमेन्ट्री जनकपुरमा प्रदर्शन गरिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार बीआर ०१ जी ०१४६७ नम्बरको भारतीय गाडीमा प्रोजेक्टर जडान गरी जनकपुरको रेलवे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। सोही क्रममा रास्वपा कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अन्य दुईवटा भारतीय नम्बर प्लेटका गाडी भने फरार भएका छन्। ती गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको