ईश्वरपुरमा सवारी दुर्घटना, एक युवकको मृत्यु, तीन जना घाइते


पूर्वपश्चिम राजमार्गमा निजी कार दुर्घटनाग्रस्त

बरहथवा (सर्लाही)। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका-१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।

काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको उक्त कारका चालक बुटबल उपमहानगरपालिका-१ का २३ वर्षीय साहिल बर्मा तथा सोही स्थानका ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन्।

घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको