चितवनमा आमाको नामबाट नागरिकता वितरण प्रणाली शुभारम्भ


१९ माघ, चितवन – अनुराग कुमार यादव। जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि आमाको नामबाट नागरिकता वितरण गर्ने प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ।

नागरिकता ऐन तथा नियमावलीमा सरकारले हालै गरेको संशोधनअनुसार, कुनै कारणवश नागरिकता प्राप्त गर्न नसकेका नागरिकहरूलाई आमाको नामबाट नागरिकता वितरण गर्न थालिएको हो। सो प्रणालीको शुभारम्भ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकै आमाका दुई छोरा निश्चल चौधरी र शकर चौधरी (दाजुभाइ) लाई आमाको नामबाट नागरिकता प्रदान गर्दै गर्नुभएको हो।

नयाँ व्यवस्थाअनुसार अब योग्य नागरिकहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्नेछन्। यसले लामो समयदेखि नागरिकताविहीन रहेका धेरै नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता प्राप्तिमा देखिँदै आएका कानुनी तथा व्यवहारिक समस्याको समाधानमा यो प्रणाली महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको