काभ्रे। सुक्खा पहिरो खस्दा काभ्रे जिल्लाको विपी राजमार्ग अवरुद्ध भएको छ। विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका-४ स्थित १ नम्बर पुल नजिक सडक माथिबाट सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन ठप्प भएको हो।
पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउनका लागि जेसीबी मेसिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक खुलाउने कार्य सम्पन्न भएपछि सवारी आवागमन पुनः सञ्चालन हुने प्रहरीले जानकारी दिएको छ।









