१७ माघ, महोत्तरी – मिथलेश सिंह। समाजका विविध पक्षलाई एउटै मञ्चमा ल्याउँदै आएको ॐकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रम यसपटक राजनीति केन्द्रमा रह्यो। कार्यक्रम सञ्चालक जीवनराज दाहालसँगको अन्तर्वार्तामा महोत्तरी-१ का राप्रपा उम्मेदवार होमप्रसाद पोखरेल ‘कमल’ ले देशको वर्तमान अवस्थामाथि स्पष्ट धारणा राख्नुभयो।
पोखरेलले मुलुक राजनीतिक अन्योलमा फसेको उल्लेख गर्दै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रलाई समाधानको बाटोका रूपमा प्रस्तुत गर्नुभयो। किसान परिवारमा हुर्किएको अनुभव सुनाउँदै उहाँले राजनीतिलाई सेवा र जिम्मेवारीका रूपमा लिएको बताउनुभयो।
कृषि आधुनिकीकरण, स्थानीय स्रोतको उपयोग र युवामुखी विकासमार्फत महोत्तरी-१ लाई नमुना क्षेत्र बनाउने उहाँको योजना रहेको छ।









