बर्दिबासमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक घाइते


१४ माघ, बर्दिबास। महोत्तरीको बर्दिबासमा बुधबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गस्थित शुभ स्वस्तिक अस्पताल अगाडि पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१९ प-३१०३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको पिकअप गाडी नजिकिएपछि नियन्त्रण गुमेर लडेकाे प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बर्दिबास-१४ का शैलेश मगर घाइते भएका थिए। उपचारका लागि शुभ स्वस्तिक अस्पताल पुर्‍याइएका मगरको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

सोही मोटरसाइकलका चालक बर्दिबास-१४ का अबिनाश खड्का घाइते रहेका छन्। अस्पतालका अनुसार उनको खुट्टा भाँचिएको छ भने अवस्था सामान्य रहेको जनाएको छ।

दुर्घटनापछि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेका थिए। मेयर क्षेत्रीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको