१६ पुस, बर्दिबास। महोत्तरीको बर्दिवास नगरपालिका-९ स्थित भुलुङ्गेपुल नजिक सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ५४५४ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनुषा जिल्लाको मिथिला नगरपालिका-६ ढल्केवर निवासी ३२ वर्षीय रविन्द्र कुमार महत्तो र मोटरसाइकलमा सवार सोही स्थानका ३२ वर्षीय जय नारायण शाह घाइते भएका छन्।
रविन्द्र महत्तोलाई बाँया हात र खुट्टा तथा दाहिने हात र खुट्टामा चोट लागेको छ भने जय नारायण शाहको बाँया हात र खुट्टामा चोट लागेको जनाइएको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको र बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









