१३ पुस बर्दिबास (महोत्तरी)। महोत्तरीको जलेश्वर नगरपालिका-७ स्थित रातो खोलाबाट अवैध रूपमा माटो काट्दै गरेको अवस्थामा प्रहरीले एक जेसिबी र पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल ०९ महिना १२ गते खोलाको बीच भागमा अवैध उत्खनन भइरहेको सूचनाका आधारमा अ.प्र.पोष्ट जलेश्वर नगरपालिकाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मारी ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका जेसिबी र ट्याक्टरहरूलाई रितपूर्वक अ.प्र.पोष्ट जलेश्वर नगरपालिकामा ल्याई राखिएको थियो।
मिति २०८२।०९।१३ गते उक्त जेसिबी र ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जलेश्वर नगरपालिकाको कार्यालय, महोत्तरीमा पठाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनहरू यस प्रकार छन्
- ना १ क ४०६२ नम्बरको जेसिबी
- स १ त १४७५ नम्बरको स्वराज ट्याक्टर
- प्र. २-०२-००१ त १०१२ नम्बरको पावर ट्रेक ट्याक्टर
- ज १ त ९७२३ नम्बरको पावर ट्रेक ट्याक्टर
- ज १ त ८५०७ नम्बरको सोनालिका ट्याक्टर
- को १ त ९७६८ नम्बरको आईचर ट्याक्टर
प्रहरीका अनुसार अवैध रूपमा खोलाबाट माटो तथा गिटी–बालुवा उत्खनन गर्ने कार्यले वातावरणीय क्षति हुने भएकाले यस्ता गतिविधिमा संलग्न जो-कोहीमाथि कानुनअनुसार कडाइका साथ कारवाही गरिनेछ।









