निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता २०८२ स्वीकृत


१३ पुस, काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लागू हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै त्यसमा रहेका व्यवस्थाबारे सरोकारवालालाई सार्वजनिक जानकारी गराएको छ।

आयोगको वेबसाइटमा आइतबार प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने तयारी गरिएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले विगतका अनुभवलाई आधार मानेर कतिपय प्रावधान परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो। मस्यौदामाथि प्राप्त सुझावहरू समेटेर आचारसंहिता स्वीकृत गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता नेपाल सरकार तथा उसका मन्त्रीहरू, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारअन्तर्गतका निकाय तथा तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्य, साथै सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूमा लागू हुनेछ।

त्यसैगरी सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारका मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि, साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागू हुनेछ।

निर्वाचन प्रक्रियामा स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न प्रत्येक निर्वाचनअघि यस्तो आचारसंहिता जारी गरिँदै आएको आयोगले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको